क्रिकेट : भोलि नेपाल र भारत भिड्ने

क्रिकेट : भोलि नेपाल र भारत भिड्ने


काठमाडौं ।

भोलि नेपाल र भारत बिच क्रिकेट प्रतिस्पर्धा हुदैँछ ।

चीनमा जारी १९ औं एसियाली खेलकुद भोलि नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो । कप्तान कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका हुन ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।