पहिरोसहित खसेको चट्टान हटाउन ५ दिन

पहिरोसहित खसेको चट्टान हटाउन ५ दिन


तम्घास ।

कालीगण्डकी कोरिडोरमा पहिरोसहित खसेको ठुलो चट्टान हटाइएसँगै सडक सुचारु भएको छ ।

असोज १० गते कोरिडोरको रिडी रुद्धवेनी सडकखण्डको रुरुक्षेत्र गाउँपालिका–१ विष्णुपञ्जरमा सडक माथिबाट ठुलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

ठुलो चट्टान फुटाउनका लागि ब्रेकर वाला डोजर प्रयोग गरी सडकमा रहेको ठुलो चट्टान हटाई आज (सोमबार)बाट सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

बिष्णुपञ्जरमा सडक अवरुद्ध हुँदा रिडी, रुद्धवेनी, वामीटक्सार चल्ने लामो तथा छोटो दूरीका सवारी साधनलाई रिडीको बजारबाट वैकल्पिक मार्ग प्रयोग गराएर पास गराइएको थियो ।