मल्टीपर्पस फाइनान्सको सेयर लिलामीमा आउने

मल्टीपर्पस फाइनान्सको सेयर लिलामीमा आउने


काठमाडौं ।

मल्टीपर्पस फाइनान्स कम्पनीले बिक्री खुला गरेको ३५ प्रतिशत हकप्रद सेयर असोज १२ गते बाँडफाँट भएको छ ।

यस कम्पनीले १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १४ लाख ३९ हजार २२७ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ ।

बिक्री नभएको बाँकी सेयर मल्टीपर्पस फाइनान्सले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले भदौ १० देखि ३१ गतेसम्म १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।