कुखुरा फार्मभित्र लुकेको चितुवाले आक्रमण गर्दा ४ जना घाइते

कुखुरा फार्मभित्र लुकेको चितुवाले आक्रमण गर्दा ४ जना घाइते


सल्यान ।

सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् ।

छत्रेश्वरी गाउँपालिका–३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका– ३ दोलीका ५२ बर्षीया पूर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवाले सोमबार बिहान उनीहरुलाई आक्रमण गरेको हो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार चितुवाले ३ वटा कुखुरा पनि मारेको थियो । त्यही हेर्न जानेक्रममा लुकेर बसेको बाघले मान्छेमाथि आक्रमण गरेको थियो ।

घाइतेहरुलाई सल्यान अस्पतालपछि थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ । चितुवालाई नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जको टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।