नेपाल भारतसँग २३ रनले पराजित

नेपाल भारतसँग २३ रनले पराजित


काठमाडौं ।

चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।

नेपालले ९ विकेट गुमाएर १७० रन मात्रै बनायो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् ।

टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ