एभरेष्ट र एनआइसी एसिया बैंकको बोनस मूल्य नेप्सेमा समायोजन

एभरेष्ट र एनआइसी एसिया बैंकको बोनस मूल्य नेप्सेमा समायोजन


काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट र एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउँ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको मूल्य ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । साधारण सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।