गोकुल बास्कोटाको चेतावनी- धुलिखेल-खावा सडक बनाउने कि म अनसन बसौं ?

गोकुल बास्कोटाको चेतावनी- धुलिखेल-खावा सडक बनाउने कि म अनसन बसौं ?


काठमाडौं ।

सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गतको धुलिखेलदेखि खावासम्मको सडक छिटो नबनाए आफू अनसन बस्ने चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै बास्कोटाले धुलिखेलदेखि खावासम्मको ४ किलोमिटर सडक नबनेको भन्दै छिटो बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले भने,’अरनिको राजमार्गको नाम बदले हुन्छ। ४ किलोमिटर बाटो धुलिखेलदेखि खावासम्मको बाटो कहिले बन्छ रु ठेकेदारको समय सकिन ३ महिना बाँकी छ। अहिलेसम्म ४१२ जना घाइते भएका छन्, अझै दसैँका बेला कतिको भाँचिने हो । यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस्, कि म अनसन बसौं ? ‘