डाक्टरमाथि कुटपिट गर्नेलाई जेल पठाउने कानुन बनाउनु पर्छ : गगन थापा

डाक्टरमाथि कुटपिट गर्नेलाई जेल पठाउने कानुन बनाउनु पर्छ : गगन थापा


काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल पठाउने कानुन बनाउनु पर्ने बताएका छन् ।

उनले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने पनि उनले बताए ।

प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले भने, ‘सम्झौता भएको २४ घन्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको छ । डाक्टरमाथि आक्रमण हुँदा ’जेल उइथ आउट बेल’ हुन्छ भन्ने डर हुँदैन अनि उपभोक्तालाई वैधानिक गुनासोको भर हुँदैन यस्तो घटना दोहोरिइरहन्छ ।’

नेपाल चिकित्सक संघ र डाक्टरहरूसँग सरकारले यसपटक गरेको सम्झौता अक्षरस कार्यान्वयन हुनुपर्ने उनले बताए । ‘यो कार्यान्वयन गर्न संसदको मद्दत चाहिन्छ, हामी त्यसका लागि तयार छौं,’ उनले भने, ‘तर यतिले पुग्दैन, स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता नबढाई हुँदै हुँदैन ।’

पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री भएका बेला पहिले जनशक्ति र पूर्वाधार विकास तथा व्यवस्थापनको एकीकृत खाकासहित एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड बनाइएको थापाले बताए ।

‘जसले नेपालको स्वास्थ्य क्षेत्रको सेवा प्रवाह कसरी बढाउने भनेर विस्तृत योजना तयार गरेको छ । मन्त्रालयमा धुलो लागेर बसेको होला धुलो टक्टक्याएर पढ्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु,’ उनले भने ।