८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद

८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद


काठमाडौं ।

भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो ।

भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बीओपी) गडिगदियाबाट खटिएको टोलीले ७८ पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए

स्थानीयबासिन्दाका तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको हो भन्ने खुल्न सकेको छैन ।

बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थापाले बताए ।