८ दिन पछि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

८ दिन पछि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । करिव ९ दिनपछि सुनको भाउ ३ सयले बढेको हो ।

मंगलबार १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

लगातर ८ दिनसम्ममा सुनको भाउ ५२ सयले घटेको थियो ।