भिजन लुम्बिनी उर्जाको आइपिओमा आवेदन दिने आज अन्तिम मौका

भिजन लुम्बिनी उर्जाको आइपिओमा आवेदन दिने आज अन्तिम मौका


काठमाडौं ।

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आइपिओमा आवेदन दिने आज असोज १७ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

उक्त शेयरका लागि कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं.१, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं.१९ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, मुक्तिनाथ विकास बैङ्क र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।