जंगली हात्तीको बथानले ३ घर भत्कायो

जंगली हात्तीको बथानले ३ घर भत्कायो


धनगढी ।

जंगली हात्तीको बथानले कञ्चनपुरमा ३ घर भत्काएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा गयराति तीन वटा घरमा क्षति पुर्याएको हो ।

कृष्णपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धर्म बहादुर सिँहका अनुसार हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको हो ।

यसैबीच हात्तीले स्थानीयका दर्जनौ विघामाको धानबालीमा पनि क्षति पुयाएको छ ।