चीनको सिमानामा रहेको टिंकरमा पुग्यो मोबाइल सेवा

चीनको सिमानामा रहेको टिंकरमा पुग्यो मोबाइल सेवा


काठमाडौं ।

नेपाल टेलिकमले देशको सुदूर पश्चिम टिंकरमा मोबाइल सेवा सेवा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै मंगलबारदेखि उक्त क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

अब सो क्षेत्रका जनताले सहज रूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ स्थित उत्तरपश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको थियो ।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । त्यस बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरूसमेत सेवाबाट लाभान्वित हुनेछन् ।

करिव ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकर नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिव १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिव ८० किलोमिटर दुरीमा अवस्थित छ ।