सानिमा सजिलो इबैंकिङ प्रयोग गर्दा क्यास ब्याक पाइने

सानिमा सजिलो इबैंकिङ प्रयोग गर्दा क्यास ब्याक पाइने


काठमाडौं ।

सानिमा बैंक र फोनपे प्रालिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको छ ।

यो योजना कार्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम २००, विजुलीको बिर्ल तिर्दा २५ वा अधिकतम २५ रुपैयाँ र इन्टरनेटको बिल तिर्दा २५ वा अधिकतम ५० रुपैयाँ सम्मको क्यास ब्याकको व्यवस्था गरेको छ ।

मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।