आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ४ सयले बढेको हो ।

हिजो १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ६ हजार ८ सय कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।