काठमाडौंबाट दमाम उडेको जहाज बीच बाटोबाटै फर्कियो

काठमाडौंबाट दमाम उडेको जहाज बीच बाटोबाटै फर्कियो


काठमाडौं ।

काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।

विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो ।

स्रोतका अनुसार उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।