स्कोडाको ‘फाइभ स्टार अफर’ जुनसुकै ब्रान्डको पुरानो गाडी साट्न पाइने

स्कोडाको ‘फाइभ स्टार अफर’ जुनसुकै ब्रान्डको पुरानो गाडी साट्न पाइने


काठमाडौं ।

दशैंतिहारमा स्कोडाको ‘फाइभ स्टार अफर’ ल्याएको छ ।

नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जेले दसैंतिहारलाई लक्षित गरी स्कोडा फाइभ स्टार अफर ल्याएको हो ।

जसमा ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा पाउँनेछन् ।

स्कोडाले ग्लोबल एनसीएपीमा पाएको फाइभ स्टार रेटिङ झैं स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि ५ वटा फाइदा उपलब्ध गराउनेछ जसले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पुर्याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउने कम्पनीले जनाएको छ ।

ग्राहकले पहिलो अफरका रुपमा स्कोडा फाइनान्सिङमा ५ वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८.९९ प्रतिशत ब्याज दर उपलब्ध गराउनेछ । यसका साथै स्कोडाले एक वर्षका लागि निशुल्क इन्स्योरेन्स दिनेछ जसले हरेक यात्रालाई तनावरहित बनाउनेछ ।

त्यसैगरी, स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ ।

यसका साथै, दसैंतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउँनेछन् जसले स्कोडालाई आफ्नो व्यक्तित्व सुहाउँदो र स्टाइलिस बनाउन मद्दत गर्नेछ । पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लु एक्सपान्जेले धन्यवाद स्वरुप लोयल्टी बोनस पनि दिनेछ ।

यो स्किमले सुरक्षाप्रति स्कोडाको प्रतिबद्धतालाई दर्शाउँछ । स्कोडाका हरेक कारमा अत्याधुनिक सुरक्षाका फिचर छन् जसले क्र्यास टेस्ट र सेफ्टी रेटिङमा फाइभ स्टार पाएका छन् ।