राष्ट्र बैंकसँग छ २ खर्ब नयाँ नोट,दसैँमा क्यूआरबाटै साट्न पाइने

राष्ट्र बैंकसँग छ २ खर्ब नयाँ नोट,दसैँमा क्यूआरबाटै साट्न पाइने


काठमाडौं ।

यस वर्ष असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी थालेको हो ।

राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ क्यूआरमार्फत नयाँ नोट साट्न पाउने व्यवस्था गर्ने भएको छ ।

राष्ट्र बैंकले पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी गरेको छ । सेवाग्राहीको भिडभाड र सहजताका लागि यस्तो व्यवस्था गर्न लागिएको रास्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रुपैयाँ ५, १०, २०, ५० र १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गर्नेछ ।

उपत्यकासहित देशका ७ वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने शाक्यको भनाइ छ ।

राष्ट्र बैंकसँग २ खर्ब नयाँ नोट

नेपाल राष्ट्र बैंकसँग अहिले २ सय अर्ब अर्थात २ खर्ब रुपैयाँ नोट छन् । नेपालका अनुसार अहिले राष्ट्र बैंकमा ठूला र साना दरका गरी कुल २ खर्ब रुपैयाँका नयाँ नोट छन् ।

उनका अनुसार विगतमा चार्डपर्व लक्षित गर्दै साना दर ५ देखि १०० रुपैयाँसम्मको १० देखि १२ अर्ब र ठूला दर अर्थात ५ सय र १ हजार रुपैयाँको ३० अब रुपैयाँसम्म नयाँ नोट सटही हुने गरेको थियो ।

राष्ट्र बैंकले यो वर्ष ४० अर्बको हाराहारीमा नयाँ नोट बजारमा वितरण हुने अनुमान गरेको छ । राष्ट्र बैंकले विगतदेखि नै दशैंमा नयाँ नोट साटही गर्दै आएको छ ।