नर्सिङ परिषद्को लाइसेन्स परीक्षा मंसिर ९ गते

नर्सिङ परिषद्को लाइसेन्स परीक्षा मंसिर ९ गते


काठमाडौं ।

नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा मंसिर ९ गते सञ्चालन हुने भएको छ।

बिहीबार सूचना प्रकाशित गर्दै परिषद्ले पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण भएकाले आवेदन दिनसक्ने जनाएको छ।

उम्मेदवारले यही असोज २१ देखि कात्तिक २० गतेभित्र अनलाइन आवेदन बुझाउन सक्नेछन् यस्तै अनलाइनबाट कात्तिक २१ देखि २३ गतेसम्म दस्तुर बुझाउनुपर्नेछ।