लक्ष्मी सनराइज बैंकले घर तथा जग्गा बिक्री गर्दै, बोलपत्र आवह्वान

लक्ष्मी सनराइज बैंकले घर तथा जग्गा बिक्री गर्दै, बोलपत्र आवह्वान


काठमाडौं ।

लक्ष्मी सनराइज बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिंग सम्पत्ति बिक्री गर्ने भएको छ ।

बैंकले मोरङ र झापा जिल्लाका विभिन्न स्थानमा साविक सनराइज बैंकको स्वामित्वमा रहेका गैरबैंकिंग सम्पत्ति घर तथा जग्गा बिक्री गर्ने भएको हो ।

मोरङको मधुमल्ला ९ स्थित कित्ता नम्बर २१६६ र ५५१ को क्रमशः ०–३–४–० र ०–१–०–० क्षेत्रफल भएको जग्गा, वडा नम्बर ५ स्थित कित्ता नम्बर ९१५ र ६२२ को क्रमशः ०–१–३–० र ०–१–०–० क्षेत्रफल, वडा नम्बर ८ स्थित कित्ता नम्बर ३३१ को ०–१०–०–० र झापाको शिवगंज ७ स्थित कित्ता नम्बर १९६८९ को ०–१०–०–० क्षेत्रफल भएको जग्गा बिक्री गर्ने बैंकले जनाएको छ ।

बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ ।

सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्न बैंकले आग्रह गरेको छ ।