महानगरभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई कामपाले सहयोग गर्ने

महानगरभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई कामपाले सहयोग गर्ने


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गराउने भएको छ ।

हाल महानगरपालिका क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालय छन् । महानगरले यी सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छरु त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नु पर्छरु भन्ने विषयमा हालसम्म खास चासो दिएको थिएन ।

मेयर बालेन शाहको चुनावी घोषणापत्रमा भने महानगरमा सार्वजनिक शौचालय बनाउने विषय प्राथमिकतामा परेको थियो ।

२०७९ सालमै व्यक्तिगत तथा संस्थागत रुपमा चलेका १२० वटा शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएपनि तिनीहरु कसरी चलेका छन् भन्ने विषयमा चासो महानगरले दिएको थिएन । हाल भने महानगरले यीसहित नयाँ शौचालय बनाउनेलाई सहयोग गर्ने बताएको हो ।

‘भएकालाई नियमित गर्ने, सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना छ,’ वडा सचिवहरुसँग भएको छलफलमा महानगरका सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख डा। शिवराज अधिकारीले भने ।

उनका अनुसार हरेक ५० मिटर दुरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउने महानगरपालिकाको नीति कार्यान्वयन गर्न सहयोग नीति अघि सारिएको हो ।

एकाईले शौचालयको स्वच्छता सम्बन्धी आचरण विकास गर्न बर्षको ३ पटक निःशुल्क सफाइका सामान उपलब्ध गराउने भएको छ । यसमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोर म्याट सहितका सामान हुनेछन् ।

स्वणर्िम योजनाअन्तर्गत स्वच्छ पिउने पानी कार्यक्रमकी सम्पर्क अधिकारी कविता राईले, शौचालयको स्वच्छताका लागि डिटोल, रुमाल, रुम स्प्रे, डस्ट विन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहितका सामान उपलब्ध गराइने बताइन् ।

वडाबाट सञ्चालन भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तिय संस्था र कार्यालय बिच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाईको योजना छ । सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले नक्सा बनाएको छ । यसलाई आधार मानेर वडा र एकाईले नयाँ ठाउँमा शौचालय निर्माण गर्नेछन् । यसमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी उपयोग गरिनेछ ।