सांसद पन्तको प्रश्न-बिआरआई कार्यान्वयन गर्छौँ भनेर गएका प्रधानमन्त्रीको हात किन काम्यो ?

सांसद पन्तको प्रश्न-बिआरआई कार्यान्वयन गर्छौँ भनेर गएका प्रधानमन्त्रीको हात किन काम्यो ?


काठमाडौं ।

नेकपा एमालेका सांसद रघुजी पन्तले देशको इज्जत राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र देशका प्रशासकहरूको भूमिकाले पनि निर्धारण गर्ने स्मरण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले राष्ट्रको प्रतिनिधित्व गर्नेहरूले मर्यादा राख्न नसकेको तर्क गरे ।

‘आज यस्तो समाचार छापिएको छ– नेपालका प्रधानमन्त्री र एमसिसीका एक्ज्युकेटिभ डाइरेक्टरले सँगै उभिएर एमसिसी कार्यान्वयन सुरु भएको हर्षोल्लासमा आयोजना गरेको कार्यक्रमको उद्धघाटन । प्रधानमन्त्रीसँग सुहाउने मान्छे भए त ठिकै छ तर एमसिसी एक्ज्युकेटिभ डाइरेक्टर र प्रधानमन्त्री सुहाउँछ रु ’

त्यस्तै उनले ऋणको पासोमा परिएला कि भनेर त्रास फैलाएर बिआरआई कार्यान्वयन गर्न रोकिएको बताए ।

‘बिआरआई कार्यान्वयन गर्छौँ भनेर गएका प्रधानमन्त्रीको चीनमा किन हात काम्यो थाहा छैन । र, नेपालले एउटा मौका गुमायो । अब त्यो अवसर आउँदैन । यस्तो खालको कमजोर नेतृत्व देशमा भएपछि कसरी देश अगाडि बढ्न सक्छ । ’हामीले छिमेकमा रहेको आर्थिक शक्तिबाट फाइदा लिन चुक्न नहुने उनको भनाइ छ ।