नेपाल बैंकको व्यवस्थापनमा पहिलो पटक महिलाको नेतृत्व

नेपाल बैंकको व्यवस्थापनमा पहिलो पटक महिलाको नेतृत्व


काठमाडौं ।

नेपाल बैंकको कायम-मुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त (भट्ट) नियुक्त भएकी छिन् ।

बैंकको गत असोज १४ गते आइतबार बसेको संचालक समितिको बैठकले उनलाई असोज १५ गते सोमबार देखि लागु हुने गरि कायम–मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल बैंकको व्यवस्थापन अब पहिलो पटक महिलाको नेतृत्वमा हुने भएको छ ।

नेपाल बैंकमा व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले गर्न थालेपछि कुनै पनि महिलाले यो अवसर पाएका छैनन् ।

वि.सं. २०५८ सालमा भवानीदेवी शर्माले महाप्रबन्धकको रुपमा १५ दिन बैंक हाकेकी थिइन् ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी चार वर्षे कार्यकाल पूरा गरि बाहिरिएपछि बैंकले समता पन्तलाई कामु सीइओको जिम्मेवारी दिएको हो।

२०६१ सालमा नेपाल बैंककै छैठौं तहको कर्मचारीको रुपमा प्रवेश गरेकी पन्त यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् ।