काठमाडौं ।
स्मार्टफोन ब्रान्ड रियलमीले २ ग्राउन्डब्रेकिंग स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले ‘रियलमी सि ५१’ र ‘रियलमी सि ५३’ स्मार्टफोन बजारमा लन्च गरेको हो । जहाँ रियलमी सि ५१ लाई मेमोरीको च्याम्पियरियलमी ले परिभषित गरिएको छ । भने, रियलमी सि ५३ लाई क्यामराको च्याम्पियन भनिएको छ ।
सि ५१ मा ३३ वाटको सुपरभोक फास्ट चार्जर रहेको छ जसले २८ मिनेटमा नै ५० प्रतिशत चार्ज गर्ने जनाइएको छ । सी ५१मा ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन, ५० मेगापिक्सेल एआई क्यामारा, १२८ जिबीको स्टोरेज, ४ जिबीको बिल्ट–इन र्याम रहेको छ भने, डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी र्याम बढाउन सकिन्छ । सी ५१ मा ५ हजार एमएएचको हेभी ब्याट्री पावर, आकर्षक १७.१३ सिएम (६.७४ इन्च) ९० हर्ज डिस्प्ले सहित बजार लन्च गरिएको छ ।
त्यस्तै, रियलमी सि ५३ लाई क्यामराको च्याम्पियन भनिएको छ । जसमा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा, सबैभन्दा ठूलो क्यामेरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड् हाइलाइटहरू र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ ।
सी ५३ मा ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइन, लाइट वेट डिभाइस, १८ वाट क्विक चार्जको सुविधा, शक्तिशाली ५ हजार एमएएचको ब्याट्री, १२ जिबी सम्म्को डायनामिक ¥याम, १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
रियलमी सि ५१ को मूल्य १५ हजार ९९९ रुपैयाँ रहेको छ भने, रियलमी सि ५३ को मूल्य १७ हजार ९९९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया