भृकुटी कागजकारखानाका मजदुरहरुले तलब बापतको ३२ करोड रुपैयाँ पाउने

भृकुटी कागजकारखानाका मजदुरहरुले तलब बापतको ३२ करोड रुपैयाँ पाउने


पूर्वी नवलपरासी ।

गैडाकोटको भृकुटी कागजकारखानाका मजदुरहरुले ३२ करोड रुपैयाँ तलब वापतको भुक्तानी पाउने भएका छन् ।

उक्त कारखाना १३ वर्षदेखि पुर्ण रुपमा बन्द रहेको छ ।

बिहीबार पेपर मिलका प्रतिनिधि रमेश कुमार दाहाल र आधिकारीक ट्रेड यूनियनका मजदुर प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पीडित मजदुरहरुका तर्फबाट अन्दोलनका संयोजक दर्शन सापकोटाले कारखाना व्यवस्थापनसँग लिखित सहमति भएको बताए ।

०६७ सालसम्म कारखाना संचालन हुँदादेखिकै हालसम्मको तलब दिने गरी सहमति भएको सापकोटाले दाबी गरे ।

नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठका अनुसार त्यहाँ कार्यरत कर्मचारी र मजदुरमध्ये ३ सय २८ कर्मचारीले तलब वापतको रकम पाउने भएका हुन् । सम्झौता भएको मितिले एक वर्षको अवधी भित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको छ ।