काठमाडौँ ।
अनलाइनमार्फत् २४ करोड रुपैयाँभन्दा बढीको सट्टेबाजी गराउने १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो।
उनले कानुनविपरीत अनलाइनमार्फत् २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको सट्टेबाजी गराएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
साहलले इन्टरनेटको दुरुपयोग गरी वानएक्स बेट, मेलबेट, रुपी बेट, स्काई चेन्ज, बेलिज बेट, खेल विनलगायत वेबसाइटमार्फत् सट्टेबाजी गराई विभिन्न बैंक खातामार्फत् पैसा असुल गर्ने गरेको प्रहरीको भनाइ छ।
उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए।
प्रतिक्रिया