धारिलाे हतियार प्रहार गरी वीरगन्जमा महिलाकाे हत्या

धारिलाे हतियार प्रहार गरी वीरगन्जमा महिलाकाे हत्या


काठमाडाैँ ।

शुक्रबार वीरगन्जमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ।

वीरगन्ज महानगरपालिका-१ छपकैया बस्ने पूनम देवीको हत्या अज्ञात समूहले गरेको हो।

पूनमको शव शुक्रबार आफ्नै घरमा फेला परेको हो । टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएकाे छ ।

सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएकाे छ ।