दशैँका लागि नयाँ नोट असोज २९ बाट, कहाँ जाने साट्न ?

दशैँका लागि नयाँ नोट असोज २९ बाट, कहाँ जाने साट्न ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।

राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ ।