चन्द्रागिरीमा १० मिटर जमिन भासियो, स्थानीय त्रासमा

चन्द्रागिरीमा १० मिटर जमिन भासियो, स्थानीय त्रासमा


काठमाडौं ।

नागढुङ्गा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भासिएको छ ।

सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरी नगरपालिका १ बस्नेत छाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो ।

स्थानीय, प्रकाश रेग्मीले सो स्थानमा घर भएको भए दुईतला भासिने थियो भन्दै सुरुङ मार्ग आसपासका अन्य क्षेत्रमा समेत त्रास बढेको बताए ।

उनले भने ‘ आस पासमा जमिन भासिन थालेपछि हामी त्रास छौं । यदी सडक वा घर हुन्थ्यो भने ठुलो क्षति हुन्थ्यो । ’

जमिन भासिएपछि त्यसबारे छलफल गर्न अब स्थानीय अगुवाहरुको बैठक बस्ने तयारी भएको उनको भनाई छ ।