ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ


काठमाडौं ।

ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् ।

प्रहरी वृत्त बौद्धका अनुसार शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो ।

उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो ।

अहिले अग्रवाललाई बौद्ध प्रहरीको हिरासतमा राखिएको छ । अग्रवालले सञ्चालन गरेको युट्युब च्यानल ओएसआर डिजिटलले ‘प्रसाद २’ को डिजिटल राइट समेत लिएको थियो ।