काठमाडौं ।
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र आरएसडीसीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यसले अघिल्लो वर्ष २०७८–७९ को नाफाबाट भने ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया