दसैँका लागि अग्रिम टिकट बुकिङ भोलि देखि खुल्ने

दसैँका लागि अग्रिम टिकट बुकिङ भोलि देखि खुल्ने


काठमाडौं ।

चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ भोलि (सोमबार) देखि खुला हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ईश्वरी पनेरुका भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गर्ने जानकारी दिए ।

सार्वजनिक यातायात सेवा प्रदायकहरूले चाडपर्व लक्षित गरी यातायात सहजताका लागि सो टिकट बुकिङ खुला गरेका हुन् ।

उनले यातायात व्यवसायीले अग्रिम टिकटका लागि यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।

यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ल्होत्से बहुउद्देश्य प्रा.लि., उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, गराउने र यात्रुले समेत सवारीमा मादक पदार्थ सेवन गरी यात्रा गर्न नहुने उनले बताए।