सहुलियत पसलमा कुन सामान कति रुपैयाँमा पाइन्छ ?

सहुलियत पसलमा कुन सामान कति रुपैयाँमा पाइन्छ ?


काठमाडौं ।

सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सहुलियत पसलमा चिनी उपलब्ध नगराएको भन्दै उपभोक्ताले आलोचना गरेपछि अन्तिम समयमा चिनीको जोहो गरिएको छ ।

आइतबारदेखि देशभर सहुलियत पसल सञ्चालनमा आाएपनि थापाथली बिक्री केन्द्रमा मात्रै चिनीको बिक्री सुरु गरिएको छ ।

प्रतिपरिवार २ किलोका दरले चिनी बिक्री सुरु गरिएको छ । चिनीको मूल्य प्रतिकिलो ९७ रुपैयाँ तोकिएको छ ।

साल्ट ट्रेडिङसँग मौज्दात रहेको ३०० टन चिनी ल्याएर बिक्री सुरु गरिएको हो ।