भेप प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष

भेप प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष


काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।

उनका छोरा राहुल सहित तीन जना विरुद्ध भने मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।

लुइ सहितका ६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चल्ने गरी नाम समावेश गरिएको सीआईबी स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो ।

भेप बरामद गरेर गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि ताकेता गरिरहेका थिए भने भेपभित्र सुन रहेको थाहा पाएपछि भन्सारका अधिकृत रेवन्त खड्का सहितको मिलेमतोमा सुन बिक्री गरिएको थियो । त्यसरी सुन बिक्री गरेको थाहा पाएपछि तत्कालीन प्रमुख भन्सार प्रशासकले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०लाई जाहेरी दिएका थिए ।