सरकारको सुपथ बजार : एक बोरा चामलमा सय रुपैयाँ बचत

सरकारको सुपथ बजार : एक बोरा चामलमा सय रुपैयाँ बचत


मुगु ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले सुपथ छुट मूल्यमा चामल तथा दाल बिक्री गर्न सुरु गरेको छ ।

नेपालीहरुको चाड दशैं, तिहार र छड पर्वलाई लक्षित गर्दै खाद्य कम्पनी मुगुले आइतबारदेखि चामलमा प्रतिकिलो ७ रुपयाँका दरले छुट दिई बिक्री गर्न सुरु गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले सुपथ मुल्य पसलको उद्घाटन गर्दै छुट मूल्यमा चामल तथा दाल बिक्री गर्न सुरु गरिएको हो ।

कम्पनीले मुगुमा हालका लागि ३ प्रकारका चामल बिक्री गर्नेछ । चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्नेछ ।

कम्पनीले मंसिर ३ गतेसम्म सहुलियत मूल्यमा छुट दिने मुगु शाखाका कार्यालय प्रमुख पुस्कर भामले जानकारी गराए ।

उद्घाटन कार्यक्रममा प्रमुख कार्कीले सेवाग्राही छायाँनाथ रारा नगरपालिका(१३ रुगाका ईन्द्रजित लावडलाई छुट मूल्यका चामल वितरण गरेका थिए ।

चर्को मूल्य हालेर उपभोग गर्दै आएका मुगुका नागरिकले यो पसल सञ्चालन गरेपछि केही राहत महसुस छन् । एक सय रुपैयाँ बचत भए पनि नुन तेल उपभोग गर्न सघाउ पुग्ने छायाँनाथ रारा नगरपालिकाका १३ का खुम्मेनी कामीले बताइन् ।

बजारको २ हजार देखि २५ सयसम्म महंगो चामल खाएर गुजारा चलाएका मुगुका नागरिकहरुमा सहुलिय मूल्यको पसल सञ्चालनमा आएपछि खुसी देखिएको ७० वर्षिया ज्येष्ठ नागरिक हरिसिंह कामीले बताए ।