इजरायल घटनाका मृतककाे सम्मानमा भाेलि राष्ट्रिय शाेककाे घोषणा*

इजरायल घटनाका मृतककाे सम्मानमा भाेलि राष्ट्रिय शाेककाे घोषणा*


काठमाडौं ।

इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएका १० जना नेपाली विद्यार्थीहरूको सम्मानमा सरकारले राष्ट्रिय शाेक घाेषणा गरेकाे छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायल घटनामा नेपालीहरूको मृत्यु भएकामा उनीहरूकाे सम्मानमा राष्ट्रिय शाेक घाेषणा गरेकाे हाे ।

बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले भनिन्,  ‘दिवंगत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको छ ।’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेश आउन चाहने सबै नेपालीलाई उद्धार गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

*यसअघि गलत सूचनाका कारण भाेलि शाेक बिदा भनी समाचार प्रकाशन भएकामा क्षमायाचनासहित सच्याइएकाे छ ।