नेपाल लाइफ क्यापिटलद्वारा जनकपुरमा वित्तीय साक्षरता

नेपाल लाइफ क्यापिटलद्वारा जनकपुरमा वित्तीय साक्षरता


जनकपुर ।

नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ मसला, कटेज– जनकपुरधाम, जनकपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ व्यक्तिको सहभागिता थियो।

नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्व बारे प्रकाश पारेका थिए। उनले निम्न आय भएका व्यक्तिले सेयर बजारमा कसरी पहुँच पुर्याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिए।

त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले ‘लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा प्रस्तुतिकरण गरे। उनले शेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने कुरामा जोड दिए।

उनले धितोपत्र बजारमा हुने जोखिम, बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थप जानकारी दिए। कार्यक्रममा नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले गरी सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए।

यसबाहेक, उनले सहभागीहरुलाई डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी प्रदान गरे। सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागीहरु आईपीओ आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि सेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको पाइएको थियो। करिब ३० प्रतिशत आइपिओ होल्डरलाई आइपिओ सेयर बेच्ने वा दोस्रो बजारमा थप सेयर कसरी किन्ने बारे जानकारी नरहेको पाईयो।