दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से


काठमाडौं ।

बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ ।

शेयर बजार आज २०.१६ अंकले घटेर १८७४ दशमलव ६० को विन्दुमा कायम भएको छ ।

बिहीबार शेयर बजार घटेतापनि लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १६ करोड ३८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

यसका साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पाँच करोड चार लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको चार करोड, सिद्धार्थ बैंकको तीन करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आज सिटी होटलको शेयरमुल्यमा सर्वाधिक ९.०९ प्रतिशतले घटेको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ८.१९ र तेस्रोमा बलेफी हाइड्रोपावरको शेयरमूल्य ८.०५ प्रतिशतले घटेको छ ।

त्यस्तै, ११ प्रतिशत एनआईशी एशिया डेबेन्चर ०८२.८३, प्रोग्रेशिभ फाइनान्स, अप्पर स्याङ्गे हाइड्रोपावर, साम्लिङ पावर, खानीखोला हाइड्रोपावर, समता घरेलु लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।