कहिले बाहिरिन्छ मनसुन ?

कहिले बाहिरिन्छ मनसुन ?


काठमाडौं ।

नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै ३ दिन लाग्ने भएको छ ।

मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भागबाट मनसुन पूर्णरुपमा बाहिरिएपनि पूर्वी क्षेत्रबाट बाहिरिन भने अझै तीन दिन लाग्ने देखिएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मनसुन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट पूर्ण रूपमा बाहिरिएको छ भने गण्डकी प्रदेशको पश्चिमी भागबाट मनसुन बाहिरिने क्रम जारी छ ।

कोशी, मधेश र बागमती प्रदेशका १–२ स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको मौसमविद् झाले बताए ।

शनिबारसम्म नै यो क्रम जारी रहने छ भने ठुलो पानी पर्ने सम्भावना नरहेको झाको भनाइ छ ।