बाँके ।
नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा ७ पसलमा क्षति भएको छ ।
विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भने, “सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण संकलन हुँदैछ ।”
नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले नियन्त्रणमा ल्याउन २ घण्टा लागेको बताए ।
आगो निभाउन उपमहानगरपालिकाको ३ र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो ।

प्रतिक्रिया