काठमाडौं जिल्ला अदालतले २ वर्ष पुराना मुद्दा फछ्र्यौट गर्ने

काठमाडौं जिल्ला अदालतले २ वर्ष पुराना मुद्दा फछ्र्यौट गर्ने


काठमाडौं ।

काठमाडौं जिल्ला अदालतले २ वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फछ्र्यौट गर्ने भएको छ ।

दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फछ्र्यौट गर्ने जनाएको हो ।

हाल उक्त अदालतमा २ हजार ९ सय ८७ वटा दुई वर्ष पुराना मुद्दा छन् ।

अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौँ अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले २ वर्ष पुराना सबै मुद्दा असार मसान्तसम्ममा फछ्र्यौट गर्ने लक्ष्य रहेको र ती मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको बताए ।

उक्त अदालतमा दुईवर्ष पुरानासहित हाल ३१ हजार ३ सय ३६ मुद्दा विचाराधीन छन् ।