काेसीमा आज मुख्यमन्त्री नियुक्त नहुने, हस्ताक्षर सनाखत भाेलि

काेसीमा आज मुख्यमन्त्री नियुक्त नहुने, हस्ताक्षर सनाखत भाेलि


काठमाडौँ ।

कोसी प्रदेशमा आज मुख्यमन्त्री नियुक्ति नहुने भएकाे छ । माओवादी सांसद नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनीहरूलाई समर्थन गर्ने सांसदहरूकाे हस्ताक्षर भाेलि शनिबार सनाखत गरिने भएकाे छ ।

माओवादीका आङ्बाले कांग्रेसहित ४ दलका संसदीय दलका नेताको समर्थन पेस गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी गरेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुखकहाँ पुगेका थिए । तर प्रदेश प्रमुखले उनीहरूकाे हस्ताक्षर सनाखत भाेलि गर्ने भएका हुन् ।