दसैँको पहिलो दिन २९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दसैँको पहिलो दिन २९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यो सँँगै पछिल्लो एक सातामा सुनको भाउ ५८ सयले बढेको छ । गत असोज २१ गतेदेखी १ दिन बाहेक अरु ५ दिन सुनको भाउ २९ सयले बढेको थियो । यस्तैमा आज सुनको भाउ ह्वात्तै बढेको महासंघले जनाएको छ ।

यस्तै हाज चाँदी ४० रुपैयाँले बढेको छ । शुक्रबार १३ सय ४५ मा कारोबार भएको चाँदी आज १३ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।