मिनिबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

मिनिबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु


भारत ।

पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ ।

महाराष्ट्रको राजधानी मुम्बईबाट २६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेस वे दुर्घटना भएको हो ।

दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु रहेको समाचार छ । प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ ।

प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।