पूर्वलडाकूका लागि नियमको दुरुपयोग गर्ने माओवादीको चलखेल स्वीकार्य छैन : डा कोइराला

पूर्वलडाकूका लागि नियमको दुरुपयोग गर्ने माओवादीको चलखेल स्वीकार्य छैन : डा कोइराला


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिबाट अलग रहेको नेपाली सेनामा माओवादीका पूर्व लडाकूका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताएका छन् ।

नेता कोइरालाले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगर्न चेतावनी पनि दिएका छन् ।

माओवादीको जनमुक्ति सेना नेपाली सेनामा समायोजना हुँदा यमबहादुर अधिकारी जनमुक्ति सेनाको तर्फबाट सेनामा समायोजन भएका थिए ।

नेपाली सेनाको विशेष पद खडा गरी उनलाई नियुक्ति दिए पनि पटक(पटक म्याद थप गरिएपछि सेनामा हस्तक्षेप भएको भन्दै आलोचना हुँदै आएको छ ।

‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकूका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ कोइरालाले भनेका छन्, ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।’