स्कुटी दुर्घटना हुदाँ एक यूवतीको मृत्यु

स्कुटी दुर्घटना हुदाँ एक यूवतीको मृत्यु


file photo

नारायणगढ ।

मुग्लिन सडक खण्डमा स्कुटी दुर्घटना हुदाँ एक यूवतीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. २–०४६ प १६९२ नम्बरको स्कुटर इच्छाकामना गाउँपालिका ६ नौकिलोमा आज विहान दुर्घटना हुदाँ घटना स्थलमै एक यूवती मृत्यु भएको हो ।

मृतकको पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले बताए । “हामीलाई दुर्घटना बारे विहान ७ः४५ बजे जानकारी भएको हो,दुर्घटनाका मृतकको पहिचान भएको छैन, दुर्घटना बारे थप अनुसन्धान भइरहेको छ । प्रहरी निरिक्षक तामाङले भने।”

उनका अनुसार मृतकको साथबाट सिन्धुपालचोक ठेगाना भएका संगिता भण्डारी बर्ष २४ उल्लेख गरिएको नागरिकता भेटिएको छ ।

अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।