आज विजयादशमी, टीका लगाउने उत्तम साइत बिहान ११:०२ बजे

आज विजयादशमी, टीका लगाउने उत्तम साइत बिहान ११:०२ बजे


काठमाडाैँ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीकाे टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ । बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।

देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटकाे साइत दिइएको समितिले जनाएको छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ ।

यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।