रुवाण्डाको महावाणिज्यदूतमा व्यवसायी प्रज्वलजंग पाण्डे

रुवाण्डाको महावाणिज्यदूतमा व्यवसायी प्रज्वलजंग पाण्डे


काठमाडौँ ।

सरकारले रुवाण्डाको महावाणिज्यदूतमा युवा व्यवसायी प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ ।

सोमबार परराष्ट्रमन्त्री एनपी साउदले पाण्डेलाई महावाणिज्यदूतको नियुक्तिपत्र दिएका हुन् ।

पाण्डे सफल युवा व्यवसायीको रुपमा परिचित छन् । पाण्डे हाल नेपाल फार्मेसी काउन्सिलका अध्यक्षसमेत छन् भने लोमस फर्मास्युटिकल्सका कार्यकारी निर्देशक पनि हुन् ।