घुस रकमसहित नापी सर्वेक्षक अख्तियारको नियन्त्रणमा

घुस रकमसहित नापी सर्वेक्षक अख्तियारको नियन्त्रणमा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो।

सेवाग्राहीबाट नगद ७० हजार रुपैयाँ र ५५ हजारको रुपैयाँको चेक गरी जम्मा १ लाख २५ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो।

उनीहरूलाई झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट आज पक्राउ गरिएको हो। थप अनुसन्धान भइरहेको जनाइएको छ।