अब सुस्ताबासीले भारतको बाटो हुँदै नेपाल छिर्नु नपर्ने

अब सुस्ताबासीले भारतको बाटो हुँदै नेपाल छिर्नु नपर्ने


काठमाडौं ।

सुस्ताबासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नु पर्ने बाध्यता सकिने भएको छ ।

नवलपरासीबाट निर्वाचित सांसद विनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्ताबासी नेपालको पुल प्रयोग गरेर आवातजावात गर्न पाउने जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन् । ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदीपारिको सुस्तामा उभिएर बोल्दै छु। पृष्ठभूमिमा नारायणी नदीमाथि बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफनो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्तापारि जानका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने सुस्ताबासीको बाध्यता अन्त्य हुँदै छ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण सम्पन्न भई सञ्चालनमा आउने मलाई विश्वास छ ।’

उनले सो पुलले भूगोल मात्रै नभई देशको भावना पनि जोडिने जनाएका छन् । ‘यो पुलले देशको भूगोललाई मात्रै होइन, सुस्ताबासीको भावनालाई पनि जोड्ने छ,’ उनले भनेका छन् ।